arrow

इलाममा ओलीको बाटो रोक्ने प्रयास, सडकमा ढालियो रुख 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १४ बिहिबार
kp-sharma-oli-serious-mood.jpg

इलाम ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको इलाम प्रवेशलाई रोक्ने प्रयास भएको छ । कोशी प्रदेश नामकरणको विरोधमा उत्रिएका पहिचानवादीहरूले अध्यक्ष ओलीको इलाम यात्रा रोक्न खोजेका हुन् ।   

आज बिहान इलाम नगरपालिका १० गोदकमा रुख लडाएर बाटो अवरोध गरि उनीहरूले विरोध प्रदर्शन गरेका छन् । उनीहरूले सडकमाथि रहेको चिलाउनेको रुख काटेर विरोध जनाएका छन् ।  

पहिचान वादीहरूले आज बिहान रुख लडाएको गोदक १० का वडाध्यक्ष दिलीप प्रधानले बताए । उनले भने,' आज बिहानको घटना हो ।  माइखोलामाथि गोदकमा रुख काटिएको थियो । हामीले हटाएर बाटो खुल्ला गरेका छौं ।' 

अहिले अध्यक्ष ओली इलाम सदरमुकाम पुगेका छन् ।  इलाममा ओलीले  शुक्रबार पार्टीको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै छन् । 

बुधबार अध्यक्ष ओली झापाको बुधबारेस्थित एक कार्यक्रममा जाँदा कोशी प्रदेश नामकरणको विरोधमा उत्रिएका सो समूहले अध्यक्ष ओलीविरुद्ध नाराबाजी गरेका थिए। त्यस्तै  झापाको बुद्ध शान्ति गाउँपालिकाको कार्यक्रम स्थलतर्फ जाने क्रममा कालो झण्डा देखाई ओलीको सवारी रोक्ने प्रयास गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ