arrow

मिटरब्याजी विरुद्धको संघर्ष

मिटरब्याज पीडितलाई बैशाख १७ देखि ३१ भित्र निवेदन दिन आयोगको आग्रह

जाँचबुझको कार्यालय जनकपुरमा, यस्तो छ संरचना

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १४ बिहिबार
metre-byaji-2080-01-06.jpg
तस्बिर – फाइल ।

काठमाडौं । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी गते चैत २० गतेको निर्णयअनुसार तीन सदस्यीय जाँचबुझ आयोगले यही बैशाख १७ गतेदेखि काम थाल्ने भएको छ । 

आयोगले प्रेस विज्ञप्ति जारी गरी धनुषाको जनकपुरमा कार्यालय स्थापना गरी काम संचालन गर्ने जनाएको हो । आयोगले प्रारम्भिक काम भने शुरु भइसकेको जनाएको छ ।

आयोगले मिटरब्याज पीडितहरुको निवेदन आह्वान गरिसकेको छ । पीडितहरुले आफ्नो भएसम्मका सबुत प्रमाणसहित भएको व्यहोरा खुलाइ अनलाइनबाट सिधै आयोगमा वा निवेदकको जिल्लामा रहेको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनसमेत आयोगले अनुरोध गरेको छ । 

प्रत्येक जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज पीडित सहायता कक्ष स्थापनासमेत गरिएको छ । 

आयोगले बैशाख १७ देखि ३१ गतेसम्म १५ दिनभित्र निवेदन दिन पीडितहरुलाई अनुरोधसमेत गरेको छ । 

यस्तो छ संरचना–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ