arrow

कार्यसूचीमै अटेन संवैधानिक परिषद सम्बन्धी विधेयक

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १५ शुक्रबार
Parliament_building-1619601493.png

काठमाडौं । संवैधानिक परिषद सबन्धी विधेयकमाथि आज पनि छलफल नहुने भएको छ । प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा आज पनि सो विधेयक समावेश नभए पछि छलफल नहुने भएको हो । 

यसअघिको बैठकमा सो विधेयकमाथि छलफल गर्ने भनेर सम्भावित कार्यसूचीमा समावेश गरिए पनि अन्तिम समयमा हटाइएको थियो । अघिल्लो बैठकमा कार्यसूचीबाट हटाइएको सो विधेयक आज आउने अपेक्षा गरिएको थियो ।

 सो विधेयक पारित हुन नसक्दा सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्त हुने बाटो खुल्न अझै सकेको छैन । कायममुकायम प्रधानन्यायाधीशबाट चल्दै आएको न्यायलयलाई नेतृत्वविहीन अवस्थाबाट मुक्त गराउनका लागि सो विधेयक पारित हुनु अनिवार्य छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदका अध्यक्ष (प्रधानमन्त्री) लाई विशेषाधिकारीसहितको सर्त राखेर विधेयकको प्रस्ताव गरेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने आपत्ति जनाएको छ । जसका कारण सो विधेयक संसदमा पेश हुन सकिरहेको छैन ।  

तर आजको बैठकमा संघीय संसद अन्तर्गतका संयुक्त तथा प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिका सदस्यहरुको नाम भने मनोनयन हुने भएको छ ।

आज संसदले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा संसदीय समितिमा सदस्य मनोनयनमात्रै हुने उल्लेख छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ