arrow

कुवेतविरुद्ध नेपालः पहिलो विकेटका लागि ७७ रनको साझेदारी, दोस्रोमा एक र तेस्रोमा दुई रन

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १६ शनिबार
kushal-aasif-vs-kuwait.jpg

काठमाडौं  । राजधानीमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताका दुई सेमिफाइनल खेलहरु भइरहेका छन् । त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा नेपालले कुवेतसँग तथा मूलपानी क्रिकेट मैदान (एमसीजी) मा यूएई र ओमान खेलिरहेका छन् ।

खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । नेपाली टिममा एक परिवर्तन भएको छ । गुलसन झाको ठाउँमा करण केसी आएका छन् । नेपालले उत्कृष्ट शुरुआत गर्दै पहिलो विकेटका लािग ७७ रनको साझेदारी भएको छ ।

कुशल भुर्तेल ३९ बलमा ४३ रन बनाएर आउट भएका छन् । तर दोस्रो विकेटका लागि भने एक रनको मात्र साझेदारी भएको छ । भीम सार्की ४ बलमा १ रन बनाएर आउट भएका छन् । 

त्यस्तै तेस्रो विकेटका लागि मात्र दुई रनको साझेदारी भएको छ । आसिफ शेख २८ बलमा ३१ रन बनाएर आउट भएका छन् । नेपालले १२.२ ओभरमा ३ विकेट गुमाएर ८० रन बनायो । 

त्यस्तै मूलपानीमा यूएईले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । 

नेपाल समूह चरणमा ४ खेलमा ३ मा जित र १ खेलमा अंक बाँड्दै ७ अंकका साथ समूह ए बाट विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने समूह बी बाट  उपविजेता कुवेत अन्तिम खेलमा हङ्कङ्लाई ३० रनले हराएर सेमिफाइनलमा पुगेको हो । कुवेत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ नेट रन रेटमा र्यूएईभन्दा पछि पर्दै उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो । 

यसैगरी समूह ए को उपविजेता ओमान र समूह बीको विजेता यूएई मूलपानीमा खेल्नेछन् । यूएई ४ खेलमा ३ जित र १ हारसहित ६ अंकका साथ समूह बीबाट विजेता टोली बनेर सेमिफाइननलमा पुगेको हो भने ओमान ४ खेलमा ३ मा जित र १ हारका साथ ६ अंकका साथ समूह ‘ए’बाट दोस्रो स्थानमा रहेको टोली हो ।

जारी प्रतियोगिता विजेता टोलीले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानको समूहमा रहेर खेल्नेछ । शीर्ष तीन टोलीले भने एसीसी इमर्जिङ कप खेल्न पाउने छन् । 

नेपाल–कुवेत हेड टु हेड

नेपाल र कुवेतबीच अहिलेसम्म तीन खेल भएको छ । जसमा नेपालले दुई तथा कुवेतले एक जित हात पारेको छ ।

कुवेतसँगको पछिल्लो भेट सन् २०१२ मा यूएईमा भएको थियो । एसीसी ट्रफी एलिटमा भएको खेलमा कुवेत ४ विकेटले विजयी भएको थियो । 



नयाँ