- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल को फाइनलमा प्रवेश गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले बधाई दिएका हुन् ।
‘एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकामा नेपाली टोलीलाई हार्दिक बधाई,’ प्रधानमन्त्री दाहालले ट्विट गर्दैै भनेका छन्, ‘क्रिकेट टोलीको सफलताप्रति उच्च सम्मान व्यक्त गर्दै सरकारको तर्फबाट उचित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
फाइनल खेल सोमबार हुँदैछ । नेपालले फाइनलमा यूएईसँग खेल्नेछ ।
नेपालले यो उपाधि जित्दा एसिया कपमा सहभागीता जनाउन पाउने छ । यदि उपाधि जिते एसिया कपमा नेपालले पहिलो पटक भारत र पाकिस्तानसँग खेल्ने पाउने छ ।
किन हतारो प्रचण्डलाई ?
खेलाडीहरुलाई प्रोत्साहन गर्नु स्वभाविकै हो । प्रचण्डले यहाँ जिम्मेवारी बहन गरेका छन् । त्यसका लागि उनी खेलाडीहरुका अभिभावक बन्न खोजेका छन् । यसलाई सकारात्मक कदम मान्न सकिन्छ ।
तर अहिले नै सरकारका तर्फबाट उचित सम्मान गर्नेछु भनेर फेरि पनि कुनै खेलमा सफलता हात पार्दा पैसा दिएर जिम्मेवारीबाट पन्छिने सरकारको कदम गलत देखिएको छ ।
खेलाडीलाई खेल जित्दा पुरस्कार दिएर पन्छिनु भन्दा धेरै भन्दा धेरै प्रतियोगिता गराउनु तथा खेलाडीलाई आजीवन भत्ता आउने योजना ल्याउने हो भने खेलाडी निस्फिक्री भएर खेल्न पाउने थिए ।