arrow

निरा पाण्डेको हत्यामा संलग्न एक आरोपी झापाबाट पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १७ आइतबार
crime-final-everytime-use.jpg

काठमाडौं । प्रहरीले कपनस्थित निरा पाण्डेको हत्यामा संलग्न एक जना आरोपीलाई काठमाडौँ बाहिरबाट पक्राउ गरेको छ । प्रहरी उच्च स्रोतले दिएको जानकारी अनुसार झापाबाट विनोद विक नाम गरेको आरोपीलाई पक्राउ गरिएको हो । 

उनलाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो । आइतबार काठमाडौँ ल्याउने तयारी भैरहेको छ । विगत १३ वर्षदेखि कपनको सरस्वतीनगरमा भाँडा पसल सञ्चालन गर्दै आएकी पाण्डेको बैशाख ७ गते पसलमै हत्या भएको थियो ।

 ‘झापाको धुलाबारीबाट कोही आशंकित व्यक्ति पक्राउ भएको हो, काठमाडौँ ल्याएर अनुसन्धान गर्नेछौँ, अनुसन्धान पूरा नभइ यकिन साथ हत्यारा भन्ने अवस्था हुँदैन’, प्रहरी उच्च स्रोतले भन्यो । 

अनुसन्धानमा संलग्न अधिकृतहरुकाअनुसार विनोद झापाकै स्थायी बासिन्दा हुन् । उनले किन निराको हत्या गरे भन्ने बारेमा प्रहरीले विस्तृत अनुसन्धान विवरण सार्वजनिक गर्ने भएको छ ।  

सो घटनाबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरिएको थियो । 

समितिमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टिम रहेको छ । उनको हत्यापछि अपराधी पक्राउ गर्न नसकेको भन्दै नेपाल प्रहरीको आलोचना भएको थियो । 

कपन क्षेत्रबाट विजयी नेपाली कांग्रेसका सांसद गगन थापाले संघीय संसदमा हत्यारा पत्ता लगाउन माग गर्दै आवाज उठाएका थिए । उनको हत्यापछि  केन्द्रीय अनुसन्धान ब्यूरो, उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टिमले अनुसन्धान गर्दै आएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ