- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेल जारी रहेको छ । नेपाल र यूएईबीच त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा भइरहेको खेल वर्षाले रोकिएकामा पुनः जारी भएको हो ।
वर्षाले रोकिनुपूर्व यूएईले टस हारेर पहिले ब्याटिङ गर्दै १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाएको थियो । त्यहीँबाटै यूएईले अगाडि खेलिरहेको छ ।
नेपालका लागि करण केसीले २ तथा सोमपाल कामी, ललित राजवंशी र सन्दीप लामिछानेले १–१ विकेट लिएका छन् ।
यूएई इनिङ्स–
यूएई इनिङ्स–
यूएईले पहिलो विकेट १७ रन बनाउँदा गुमायो । कप्तान मुहम्मद वासिम ११ रन बनाएर आउट भए । सोमपाल कामीले विकेट लिए ।
यूएईले २८ रन जोड्दा दोस्रो विकेट गुमायो । वृत्य अरविन्द ८ रन बनाएर आउट भए । करण केसीले विकेट लिए ।
यूएईले ८.१ ओभरमा ३५ रन बनाउँदा तेस्रो विकेट गुमाएको छ । आर्यन लाक्रा १३ रन बनाएर आउट भएका छन् । उनलाई करण केसीले आउट गरे ।
यूएईले ९.१ ओभर खेल्दा ३५ रन जोड्दा चौथो विकेट गुमाएको छ । रमिज शहजाद १ रन बनाएर आउट भए । उनलाई रलित राजवंशीले आउट गरे ।
यूएईले १३.१ ओभरमा ५१ रन जोड्दा पाँचौं विकेट गुमाएको छ । रोहन मुस्तफा २ रन बनाएर आउट भएका छन् । सन्दीप लामिछानेले विकेट लिएका हुन् ।
यूएईले २२.५ ओभरमा ९० रन जोड्दा छैटौं विकेट गुमाएको छ । बसिल हमिद १० रन बनाएर आउट भएका छन् । उनलाई गुल्सन झाले आउट गरे ।
यूएईले २५.४ ओभरमा १०३ रन जोड्दा सातौं विकेट गुमाएको छ । आयान अफ्जल खान ५ रन बनाएर आउट भएका छन् । सन्दीप लामिछानेले विकेट लिएका हुन् ।
यूएईले २७.२ ओभरमा १०६ रन जोड्दा आठौं विकेट गुमाएको छ । आसिफ खान सर्वाधिक ४६ रन बनाएर आउट भए । ललित राजवंशीले विकेट लिएका हुन् ।
यूएईले २७.३ ओभरमा १०६ रन जोड्दा नवौं विकेट गुमायो । जहुर खान डकआउट भएका छन् । ललित राजवंशीले विकेट लिए ।