arrow

बैशाखे झरीले रुझ्यो काठमाडौं [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २१ बिहिबार
baishakh-raining-2080 (1).jpg

काठमाडौं । प्रतिकूल मौसमका कारण अहिले मुलुकभरकै जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकामा बुधबारदेखि नै सिमसिम झरी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाले यो साताको शुरुआतमा मंगलबारसम्म वर्षा हुने भए पनि त्यसपछि मौसममा सुधार हुने जनाएको थियो । 

तर बिहीबार पनि मौसममा सुधार आएको छैन । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

अहिले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही कोशी, मधेस र बागमती प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागमा केही स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडानसमेत प्रभावित भएको छ । भिजिबिलिटी कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । 

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार प्रतिकूल मौसमले भिजिबिलिटी कमजोर हुँदा अहिले इन्ट्रयुमेन्ट फ्लाई रुल्स (आईएफआर) उडान मात्रै भइरहेको छ ।
   
अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका विभिन्न गन्तव्यका उडान समयमै हुन सकेका छैनन् ।

मौसम खराबीले आन्तरिक उडान हुने हिमाली जिल्ला खासगरी लुक्ला, सिमिकोटलगायत विमानस्थलको उडान बन्द गरिएको छ ।

अन्य दुर्गम क्षेत्रका विमानस्थलमा पनि उडान सामान्य प्रभावित भएको छ । 


   

baishakh-raining-2080 (2).jpg
baishakh-raining-2080 (3).jpg
baishakh-raining-2080 (4).jpg
baishakh-raining-2080 (5).jpg
baishakh-raining-2080 (6).jpg
baishakh-raining-2080 (7).jpg
baishakh-raining-2080 (8).jpg
baishakh-raining-2080 (9).jpg
baishakh-raining-2080 (10).jpg
baishakh-raining-2080 (11).jpg
baishakh-raining-2080 (12).jpg
baishakh-raining-2080 (13).jpg
baishakh-raining-2080 (14).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ