arrow

रास्वपा सरकारमा जान्छ कि प्रतिपक्षमा बस्छ ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २२ शुक्रबार
rsp-rastriya-swatantra-party-final.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने वा नहुने बारेमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज निर्णय लिँदैछ ।

आज अपरान्ह बस्न लागेको केन्द्रीय समितिको बैठकले प्रचण्ड नेतृत्वको सरकारमा पार्टीको सहभागितालाई दिएर छलफल गर्नेछ । सो पार्टीका प्रवक्ता मुकुल ढकालले समसमायिक राजनीतिक विषय तथा बदलिँदो राजनीतिक परिस्थितिका बारेमा छलफल हुन गइरहेको जानकारी दिएका छन् । 

गत बैशाख १० गते भएको उपनिर्वाचनवाट पार्टी सभापति लामिछाने पुनः निर्वाचित भएर आएपछि दोस्रो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । 

प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी हुनका लागि रास्वपालाई आग्रह गरिसकेका छन् तर रास्वपाले भने अझै ‘ग्रिन सिग्नल’ नदिएको अवस्थामा सो बैठक बस्न लागेको हो ।

सत्तारुढ गठबन्धनले भने रास्वपालाई सरकारमा ल्याउनका लागि प्रधानमन्त्री प्रचण्डलाई अधिकार प्रदान गरेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ