arrow

सिटी एक्सप्रेस मनि ट्रान्सफरसँगको सहकार्यमा भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २५ सोमबार
city-express-money-transfer-bhaktaraj-acharya.jpg

काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा यही २०८० बैशाख २३ गते “भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७९” प्रदान गरिएको छ । 

सो सम्मान गायनतर्फ वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठ र संगीततर्फ वरिष्ठ संगीतकार शक्ति बल्लभलाई जनही नगद पुरस्कार रु ५०,००१ सहित प्रदान गरिएको छ । 

कार्यक्रममा ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ युवा तबला बादक वीपी सिंहलाई प्रदान गरिएको छ । 

२५ हजार रुपैयाँ राशिको यो सम्मान सांगीतिक क्षेत्रमा कृयाशील स्वास्थ्योपचार गराइरहेका संगीतकर्र्मीलाई अघिल्लो वर्षदेखि प्रदान गर्न थालिएको हो । 

भक्तराज आचार्य संगीत प्रतिष्ठानका संरक्षक गायक तथा संगीतकार भजन शिरोमणि भक्तराज आचार्य, प्रतिष्ठानकी अध्यक्ष श्रीमती सुशिला आचार्य र सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले संयुक्त रुपमा यो सम्मान प्रदान गरेका थिए । 

भक्तराज आचार्य संगीत प्रतिष्ठानले विगत केही वर्ष यतादेखि संगीत र कलाको क्षेत्रमा महत्तवपुर्ण योगदान पुर्याउँदै आएको र सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तराज आचार्य संगीत प्रतिष्ठानलाई साथ दिँदै आएको छ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १६ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । 

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
        



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ