arrow

अर्थमन्त्री नभएपछि प्रि–बजेटको छलफल रोकियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २५ सोमबार
Parliament_building-1619601493.png

काठमाडौं । प्रतिनिधि सभामा आजदेखि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट) माथिको छलफल शुरु भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले हिजो बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेसँगै आजदेखि त्यसमा केन्द्रीत रहेर छलफल शुरु भएको हो । 

बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म आजदेखि तीन दिन घनिभूत रुपमा प्रि–बजेटमाथि छलफल हुनेछ । २७ गते बुधबार यो तीन दिनमा उठेका प्रश्नको अर्थमन्त्री डा प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

त्यसपछि मात्रै सरकारको नीति तथा कार्यक्रम आउने छ । संविधान अनुसार हरेक वर्षको जेठ १५ गते आर्थिक वर्षको वार्षिक बजेट प्रस्तुत हुन्छ ।

तर अहिले भने बैठक रोकिएको छ । सम्बन्धित मन्त्री नै नभएपछि सांसदहरुले छलफल अगाडि चल्न नदिएका हुन् । बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ