अर्थमन्त्रीको नीतिगत आधार निराशाजनक – अरुणकुमार सुवेदी
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २५ सोमबार
984
Shares
अर्थशास्त्री एवं परराष्ट्रविद् अरुणकुमार सुवेदीले अर्थमन्त्री डा. प्रकाशशरण महतले ल्याएको बजेटका सैद्धान्तिक आधारले शुभ लक्षण नल्याएको टिप्पणी गरेका छन् ।
एक भिडियोमार्फत आफ्ना भनाइ सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका तत्कालीन परराष्ट्र सल्लाहकार सुवेदीले अर्थमन्त्री महतले आगामी बजेटका लागि प्रस्तुत गरेका नीतिगत आधारहरु देखेर आफू निराश भएको बताएका हुन् ।
उनले अहिले नेपालको अर्थव्यवस्थाको अवस्था एकदमै गम्भीर भएको दृष्टान्त बताउँदै अब मुलुकले उदारीकरणको अर्को ठूलो अपेक्षा गरिरहेको उल्लेख गरेका छन् ।
तर कांग्रेसका नेतासमेत रहेका अर्थमन्त्रीले उदार अर्थव्यवस्थाप्रतिको प्रतिबद्धता कहिँ पनि उल्लेख नगरेको बताए ।