arrow

भ्रष्टाचार मुद्दामा इमरान खान पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २६ मंगलबार
imran-khan2.jpg
तस्बिर – फाइल ।

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानन्त्री इमरान खान पक्राउ परेका छन् । उनलाई पाकिस्तानी प्यारामिलिटरी फोर्सले इस्लामावादस्थित उच्च अदालत बाहिरबाट पक्राउ गरेको हो । 

इस्लामाबाद प्रहरीको आधिकारिक ट्विटर अकाउन्टका अनुसार इमरान खानलाई अल कादिर ट्रस्टसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा पक्राउ गरिएको हो । इमरान खान आफूविरुद्ध दर्ता भएको मुद्दामा जमानत लिन अदालत पुगेका थिए ।

इमरान खानले आईएसआई अधिकारीले आफ्नो हत्याको योजना बनाएको आरोप लगाएका थिए । तर यसको  सोमबार पाकिस्तानी सेनाले इमरान खानको आरोपको निन्दा गरेको थियो र आरोपहरूलाई ’अत्यन्तै गैरजिम्मेवारपूर्ण र आधारहीन’ भनेको थियो । त्यसको एक दिनपछि मंगलबार उनलाई पक्राउको खबर बाहिर आएको छ ।

इमरान खानको आरोपबारे सेनाको मिडिया शाखा ’इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स’ (आईएसपीआर) ले भनेको छ, ‘इमरान खानको मनगठित र दुर्भावनापूर्ण आरोपहरू अत्यन्त दुर्भाग्यपूर्ण, निन्दनीय र अस्वीकार्य छन् । विगत एक वर्षदेखि सेना र गुप्तचर निकायका अधिकृतलाई राजनीतिक उद्देश्यका लागि निशाना बनाउँदै आरोप–प्रत्यारोप लगाइँदै आएको छ ।’

गत शनिबार एक र्यालीमा इमरान खानले इन्टर सर्भिस इन्टेलिजेन्स (आईएसआई) का अधिकारी मेजर जनरल फैसल नसीरले आफूलाई मार्ने योजना बनाएको आरोप लगाएका थिए । 

७१ वर्षीय इमरान खानले यसअघि गत वर्ष नोभेम्बरमा पञ्जाब प्रान्तको वजिराबादमा प्रधानमन्त्री शेहबाज शरीफ र आन्तरिक मन्त्री राणा सनाउल्लाह र जनरल नसिरमाथि आफ्नो हत्याको प्रयास गरेको आरोप लगाएका थिए । 

यस आक्रमणमा उनको खुट्टामा तीनवटा गोली लागेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ