arrow

आत्मसम्मानका लागि मेची-महाकाली साइकलयात्रा

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २७ बुधबार
Cycle.jpeg

काँकडभिट्टा ।  दलितमाथि हुँदै आएका सबैखाले विभेदको अन्त्यका लागि जनचेतना जगाउन महाकालीबाट तीन महिला पत्रकारले सुरु गरेको साइकलयात्रा मङ्गलबार साँझ काँकडभिट्टाको मेची पुलमा समापन भएको छ ।

यही वैशाख ६ गते पश्चिम नेपालको कञ्चनपुरस्थित गड्डाचौकीबाट रीता विश्वकर्मा बुढाथोकी, सङ्गीता नेपाली र इन्दिरा विश्वकर्माले साइकलयात्रा सुरु गरेकी थिइन् । मेचीनगरस्थित पूर्वी सीमा काँकडभिट्टामा उहाँहरूले यात्रा पूरा गरेकी हुन् ।

रुपन्देही निवासी रीता विश्वकर्मा बुढाथोकी रेडियो नेपालमा आबद्ध पत्रकार हुन् । अर्घाखाँचीकी सङ्गीता नेपाली र नवलपरासीकी इन्दिरा विश्वकर्मा पनि सञ्चारकर्मी हुन् ।

‘सबैखाले विभेदको अन्त्य हाम्रो अभिभारा, न्याय, समानता र आत्म सम्मानका लागि महाकाली-मेची साइकल यात्रा २०८०’ नाराका साथ तीनैजनाले साइकलयात्रा गरेका हुन् । साइकलमा उनीहरूले राष्ट्रिय झन्डा फहराएका थिए भने विभिन्न जिल्लामा जातीय छुवाछूतलगायत विभेदविरुद्ध जनचेतनामूलक कार्यक्रम गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ