- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आज प्रि–बजेटका बारेमा सांसदहरुले राखेका धारणाका बारेमा अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिँदैछन् ।
गत आइतबार बसेको प्रतिनिधि सभा कार्य ब्यवस्था समितिको बैठकले गरेको निर्णय अनुसार तीन दिनसम्म सांसदहरुले राखेका प्रि–बजेटका बारेमा आज अर्थमन्त्री महतले जवाफ दिन लागेका हुन् ।
गत बैशाख २५ देखि प्रि–बजेटका बारेमा छलफल भए अनुसार सांसदहरुले आा–आफनो धारणा राखिसकेका छन् । धारणा राख्न बाँकी सांसदहरुले आज राख्दैछन् ।
अर्थमन्त्री महतले राष्ट्रिय सभामा सासदहरुले उठाएका सवालको जवाफहरु भने हिजै दिइसकेका छन् । उनले जवाफ दिने क्रममा सामाजिक सुरक्षा भत्ता नकाटिने जनाउँदै विश्वस्त हुन आग्रह गरेका छन् ।
संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पूर्वसन्ध्यामा राजनीतिक दलहरुले प्रि–बजेटका बारेमा छलफल शुरु गरेका थिए ।