arrow

राजेन्द्र लिङ्देनलाई बोल्न नदिएपछि

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २७ बुधबार
lingden-abarodh.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोल्न नदिएपछि सदन अवरोध भएको छ । 

बैठक सुरु हुने बित्तिकै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बोल्नका लागि समय माग गर्दा सभामुख देवराज घिमिरेलेले समय दिन नमिल्ने भन्दै बैठक अगाडि बढाएसँगै प्रतिनिधि सभा बैठक अवरोध भएको हो । 

उक्त दलका सांसदहरूले रोस्टम घेराउ गरी विरोध गरेका थिए । सांसदहरूले 'कि हामीलाई बाहिर निकाल्नु पर्‍यो कि जनताको कुरा राख्न दिनुपर्‍यो भनेका थिए ।' उनीहरूले भ्रष्टाचारविरुद्ध संसद्मा बोल्न पाउनुपर्ने माग गरेका थिए।

यसअघि सभामुख घिमिरेले विशेष समयको व्यवस्था नभएको बताएसँगै सांसद अमरेश कुमार सिंहले कपडा खेलेका थिए । सभामुखले बोल्न समय नदिएपछि उनले कपडा खोलेर आपत्ति जनाएका हुन् । आज राप्रप्रपाका सांसदहरूले हामीले पनि कपडा खोल्नुपर्ने हो भनी नाराबाजी समेत गरेका थिए ।  

बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । 

 



नयाँ