arrow

नक्कली भुटानी शरणार्थी प्रकरण

पूर्व गृहमन्त्री र पूर्व उपप्रधानमन्त्रीको नाम आउनु लज्जास्पद विषय हो : राजेन्द्र लिङ्देन

राप्रपाले गर्‍यो सांसदलाई जानकारी गराउन माग

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २७ बुधबार
rajendra lingden.jpg

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारले सरकारको काम कारबाहीको प्रगति बारे सांसदलाई जानकारी गराउन माग गरेको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले शून्य समयमा बोल्दै यस्तो माग गरेका हुन् । 

अध्यक्ष लिङ्देनले भने,' ठुलठुला मानिसका नाम आएका छन् । अनुसन्धानका विषयमा अनेक आशङ्का आएका छन् । शीर्षस्थ नेताको बैठकलाई समेत आशङ्काको नजरले हेरेका छन् । त्यसमा प्रस्ट पार्नको लागि सरकारले कारबाहीको प्रगति बारे सांसदलाई जानकारी गराउनुपर्छ । सांसदलाई जानकारी गराउन हाम्रो माग छ ।' 

प्रहरीले अनुसन्धानको लागि भन्दै पूर्व गृहमन्त्री बालकृष्ण खाँड र उनका निजी सचिव नरेन्द्र केसीलाई बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो । खाँड गृहमन्त्री हुँदा गृह सचिव रहेका टेकनारायण पाण्डेले खाँणको नाम लिएपछि उनी पक्राउ परेका हुन् । नेकपा एमालेका सचिव एवं टोपबहादुर रायमाझी भने फरार छन् । 

 लिङ्देनले भने,' भर्खरै पूर्व गृहमन्त्री पक्राउ परेको खबर आएको छ । सरकारले आफ्ना प्रतिबद्धता यो सार्वभौम सांसदलाई व्यक्त गर्नुपर्‍यो । अहिले सम्मका काम कारबाहीको प्रक्रिया सांसदलाई जानकारी गराउनुपर्‍यो भनी माग राख्न चाहन्छौ ।' 

उनले शरणार्थी प्रकरणमा थप अनुसन्धान हुनुपर्ने बताए । उनले भने,' देशको बेइज्जती गर्ने, शिर झुकाउने विषयमा देशका पूर्व गृहमन्त्री पूर्व उपप्रधानमन्त्रीको नाम आएको छ । नाम आउनु लज्जास्पद विषय हो । यसका विषयमा अझ व्यापक रूपमा जानकारी हुन जरुरी छ । यसलाई कुनै पनि बहानामा छुट दिने काम सरकारले गर्नु हुँदैन ।' 



नयाँ