arrow

नक्कली भुटानी शरणार्थी प्रकरण

प्रचण्ड, देउवा र ओली बन्द कोठामा

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २७ बुधबार
pm-office-singha-durbar-ktm-2078.jpg

काठमाडौं । प्रमुख तीन दलका शिर्ष नेताबीच छलफल भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा जारी छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल गरिरहेका छन् ।

नक्कली भुटानी शरणार्थी काण्डले राजनीति तरंगित भएका बेला तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक सिंहदरबारमा चलिरहेको हो । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार बिहान कांग्रेसका नेतासमेत रहेका निवर्तमान गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेसँगै राजनीतिक तरंग शुरु भएको छ । 

आजै सोही आरोप लागेका पूर्व मन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीलाई एमालेले निलम्बन गरेको छ । 

यसअघि एमालेलाई पेल्ने नीति सरकारले ल्याएको भन्दै आलोचना गर्दै आएका ओलीले आज कांग्रेसका प्रभावशाली नेता नै पक्राउ परेपछि भने सचिव रायमाझीलाई निलम्बन गरेका हुन् । 

रायमाझी भने फरार रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ