arrow

पुनः वाम एकता गर्नुपर्नेमा प्रचण्डको जोड [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १० सोमबार
prachanda-01-10.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले कम्युनिष्टहरुको पुनः वाम एकता हुने संकेत गरेका छन् । सोमबार नेकपा एमालेको पार्टीको केन्द्रीय कार्यालय च्यासलमा भएको नरबहादुर कर्माचार्यको तेस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै उनले यस्तो संकेत गरेका हुन् । उनले कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु नै अबको देशको, गणतन्त्रको, राजनीतिक सङ्घर्षको निम्ति आवश्यकता रहेको मनन गरेर ०७४ सालमा वाम एकता गरेको स्मरण गर्दै उनले राम्रो कामका लागि प्रयास जारी राख्ने बताए । उनले कम्युनिष्टहरुको वाम एकतालाई आम जनताबाट अनुमोदन भएको भन्दै सही कामको निम्ति प्रयास जारी राख्ने बताए । 

उनले राष्ट्रिय स्वाधीनता, सुदृढीकरण, लोकतन्त्रको सुदृढीकरण र जनताका दैनिक समस्या समाधानका निम्ति समाजवादको विकल्प नरहेको बताए । उनले समाजवाद नै अबको क्रान्तिको बाटो भएको बताए । उनले कम्युनिस्टहरू कुनै न कुनै रूपले सहकार्य र एकतामा जान आवश्यक रहेको बताए । उनले चुनौतीको सामना र जोखिमहरू उठाउँदै अघि बढ्ने कम्युनिस्ट आन्दोलन र वर्ग सङ्घर्षको नियम भएको बताए । राष्ट्रिय एकताको निम्ति जोखिम उठाउन, राष्ट्रिय स्वाधीनता, वामपन्थी एकताको निम्ति जोखिम उठाउनु, कम्युनिस्ट आन्दोलनको राम्रो भविष्यको निम्ति जोखिम उठाउनु राम्रो भएको भन्दै सबैले साथ र सहयोग गर्नुपर्ने बताए ।

उनले भने, ‘नरबहादुर कर्माचार्यले कम्युनिस्टहरू एक ठाउँमा हुनुपर्छ भन्नुभएको थियो । हामी कम्युनिस्टहरू एकताबद्ध हुँदै पनि गयौँ । सायद नरबहादुर कर्माचार्य जस्ता पुराना पीढीका निष्ठा वान नेताकै कारण हामीले पनि कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु नै अबको देशको, गणतन्त्रको, राजनीतिक सङ्घर्षको निम्ति आवश्यकता छ भन्ने चेतना प्राप्त भयो । त्यही चेतनाको बलमा हामीले प्रयोग पनि गरेकै हो । ०७४ को चुनावमा जे प्रयोग हामीले ग¥यौँ । त्यो एकताको प्रयोग थियो र त्यसलाई जनता र आम नेता, कार्यकर्ताले अनुमोदन गरेको पनि हो । विभिन्न कारणले त्यसलाई बचाउन सकेनौँ । तर एक पटक असम्भव भयो भन्दैमा सही कामको निम्ति हामीले प्रयासलाई छोड्न हुँदैन । हामी निरन्तर प्रयास गरि नै राख्नुपर्छ । त्यस कारण अहिले पनि हामी कहीँ न कहीँ राष्ट्रिय स्वाधीनताको विषय, त्यसको सुदृढीकरण, लोकतन्त्रको सुदृढीकरण र जनताका दैनिक समस्या समाधानका निम्ति पनि समाजवादको विकल्प छैन । समाजवाद नै अबको क्रान्तिको बाटो हो । कुनै न कुनै रूपले सहकार्य र कुनै न कुनै रूपले एकतामा जान आवश्यक छ । अहिले धेरै जोखिम र चुनौती भए पनि हामी कमरेड माधवजीले म तिर हेरेर प्रधानमन्त्रीज्युले नै भन्नुहोला भन्नुभयो । म के भन्छु भने चुनौतीको सामना र जोखिमहरू उठाउँदै अघि बढ्ने कम्युनिस्ट आन्दोलन र वर्ग सङ्घर्षको नियम नै हो । जोखिम छन् तर राष्ट्रिय एकताको निम्ति जोखिम उठाउन, राष्ट्रिय स्वाधीनता, वामपन्थी एकताको निम्ति जोखिम उठाउनु, कम्युनिस्ट आन्दोलनको राम्रो भविष्यको निम्ति जोखिम उठाउनु राम्रो हो । त्यसमा हामी सबैले साथ र सहयोग गर्नुपर्छ ।’

प्रधानमन्त्री दाहालले मानव जाति जतिसुकै विकसित भए पनि जलवायु परिवर्तनको कारणले यदि प्रकृति, समाज र मानव चिन्तन भन्दा बाहिर गएर गतिविधि गर्न थाले प्रकृतिले जवाफ दिने बताए । उनले युएईमा हालै भएको डुबानको उदाहरण दिँदै प्रकृतिको दोहन गर्दाको परिणाम राम्रो नहुने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ