arrow

कति छ इमरानको सम्पत्ति ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २८ बिहिबार
imran-khan-pti-chairpersion.jpg

काठमाडौं । पक्राउ परेका  पाकिस्तानी पूर्व प्रधानमन्त्री इमरान खान  ७० वर्षका भएका छन् ।  एक वेबसाइटका अनुसार देशको २२औं प्रधानमन्त्रीको रूपमा सम्हालेका पूर्व प्रधानमन्त्री इमरान खानको कुल सम्पत्ति ५ करोड डलर छ। ६ अर्ब ५४ लाख नेपाली रुपैयाँ सम्पत्ति रहेका इमरानले विभिन्न व्यवसायमा ठूलो रकम लगानी गरेका छन्, जसबाट उनले ठूलो नाफा कमाउने गरेका छन् ।

पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीले पाकिस्तानमामा नयाँ तरङ्ग पैदा गरेको छ । देशभरबाट हिंसा भइरहेका छन् र इमरानका समर्थकहरूले आगजनी र तोडफोड गरिरहेका छन्। समग्रमा पाकिस्तानमा अहिले गृहयुद्धजस्तै अवस्था सिर्जना भएको छ । 

अनुसन्धान एजेन्सी नेशनल एकाउन्टेबिलिटी ब्यूरो (एनएबी) ले इमरानलाई १४ दिनको लागि न्यायिक हिरासतमा राख्न माग गरेको छ। उनी पूर्व क्रिकेटर हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ