arrow

प्रचण्ड र देउवाबीच छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २८ बिहिबार
prachanda-deuba-shake-hand.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । 

नक्कली भुटानी शरणार्थी प्रकरणले राजनीति तातिरहेका बेला बिहीबार पार्टीका उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई भेट्न देउवा बालुवाटार पुगेका हुन् । 

नक्कली भुटानी शरणार्थी प्रकरणबारे छलफल नभएको र  सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटबारे कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँड बुधबार पक्राउ परेका थिए । एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ । 

यी घटनाक्रमका बीच कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । बुधबार बसेको बैठकमा खाँडलाई निलम्बन गर्नुपर्ने माग उठेको थियो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ