arrow

५१ अर्ब ८२ करोड रुपैयाँ घाटामा

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २८ बिहिबार
nepal-rastra-bank-panorama-nrb-2022.jpg

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत चैत मसान्त सम्मको अवधिमा चालु खाता ५१ अर्ब ८२ करोड रुपैयाँले घाटामा रहेको जनाएको छ । 

राष्ट्र बैंकले चालु आर्थिक वर्षको गत चैत मसान्तसम्मको सार्वजनिक गरेको विवरणअनुसार अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५ खर्ब १० अर्ब ५८ करोडले घाटामा रहेको थियो । 

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब २७ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४० करोड २८ लाखले घाटामा रहेको छ ।

गत चैतसम्म पुँजीगत ट्रान्सफर २४।० प्रतिशतले कमी आई ५ अर्ब ९१ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ७८ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो ।

यसैगरी शोधनान्तर स्थिति १ खर्ब ८० अर्ब १७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोड रुपैयाँले घाटामा रहेको थियो । 

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ३७ करोडले बचतमा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ