arrow

इमरानलाई रिहा गर्न अदालतको आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २८ बिहिबार
imran-khan2.jpg
तस्बिर – फाइल ।

इमरानलाई रिहा गर्न अदालतको आदेश
काठमाडौं । पाकिस्तानी सर्वोच्च अदालतले अल कादिर ट्रष्ट घोटालामा गिरफ्तार भएका पूर्व प्रधानमन्त्री इमरान खानलाई रिह ागर्न आदेश दिएको छ । 

प्रधानन्यायाधीशको नेतृत्वमा बसेको तीन न्यायाधीशको पूर्ण इजलासले खानको गिरफ्तारी गैरकानूनी भएको बताउँदै छाड्न आदेश दिएको हो । 

अदालतले नेशनल एकाउन्टिबिलिटी ब्यूरो (एनएबी) लाई इमरानलाई रिहा गर्न आदेश दिएको हो । 

यसअघि खानको पार्टी पीटीआईले उनको गिरफ्तारी गैरकानूनी भएको भन्दै सर्वोच्च अदालतमा निवेदन दिएको थियो । 

यता सरकारका प्रवक्ता मरियम औरंगजेबले खानको गिरफ्तारीले न्यायकर्मीहरुलाई तनाव भएको प्रतिक्रिया दिँदै उनको गिरफ्तारीपछि षड्यन्त्र रचेर हिंसा फैलाइएको बताएका छन् । 

खान गत मंगलबार पक्राउ परेका थिए । एनएबीले भने कानूनी तरिकाले नै खानलाई पक्राउ गरिएको बताएको छ । 

मरियमले सर्वोच्च अदालतले खानले अर्बौं रुपैयाँ घोटालामा किन प्रश्न उठाएन भनी प्रश्न गरेका छन् । 

बढ्दै गएको हिंसा नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले पीटीआईका करिब दुई हजार कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । अहिलेसम्म १० जनाको ज्यान गइसकेको छ भने करिब तीन सय जना घाइते भएका छन् । 

बुधबार इमरानलाई आठ दिनका लागि एनएबीको नियन्त्रणमा पठाइएको थियो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ