arrow

ब्याज तिर्ने अवधि तीन महिना थप [पूर्णपाठ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २९ शुक्रबार
nepal-rastra-bank-panorama-nrb-.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकको ब्याज तिर्ने अवधि जरिवाना नलाग्ने गरी तीन महिना थप गर्ने जनाएको छ । 

शुक्रबार आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले नियमित ब्याज भुक्तानी गरिरहेका ऋणीले उक्त सुविधा पाउने जनाएको हो ।

‘वास्तविक क्षेत्रमा देखापरेको शिथिलताका कारणले कर्जा चुक्ता गर्न परेको कठिनाइलाई दृष्टिगत गरी अल्पकालीन तथा चालु पुँजी प्रकृतिका कर्जाहरुलाई ब्याज नियमित रहेको अवस्थामा आवश्यकता र औचित्यको आधारमा कुनै किसिमको हर्जाना–शुल्क नलिने गरी ३ महिनासम्मका लागि २०८० असार मसान्तभित्र म्याद थप गर्न सक्ने व्यवस्था गरिनेछ,’ सार्वजनिक समीक्षामा उल्लेख छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ