arrow

प्रेस युनियन झापाको अध्यक्षमा भट्टराई

logo
युवराज रेग्मी,
प्रकाशित २०८० जेठ १ सोमबार
union-jhapa.JPG

बिर्तामोड । नेपाल प्रेस युनियन झापाको अध्यक्षमा गिरिराज भट्टराई निर्वाचित भएका छन् । झापाको बिर्तामोडमा आइतबार भएको १० औँ जिल्ला अधिवेशन अन्तरगतको कार्यसमिति चयन प्रक्रियामा अध्यक्ष पदमा भट्टराई निर्वाचित भएका हुन ।

१ सय ४५ कुल मतदाता रहेको नेपाल प्रेस युनियन झापा शाखाको अध्यक्ष पदका लागि भएको निर्वाचनमा कुल मतदाता मध्ये १ सय १९ जना मतदाताहरू मतदान प्रक्रियामा सामेल भएका थिए । जसमध्ये भट्टराईले ६६ मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित हुन सफल भए ।

त्यसै गरी भट्टराईका निकटतम प्रतिस्पर्धी अध्यक्ष पदका उम्मेदवार राजेन्द्र गौतमले ५२ मत प्राप्त गरे । साथै अर्का अध्यक्ष पदका उम्मेदवार मनकुमार शर्माले मात्र १ मत प्राप्त गरेका थिए ।

सर्वसम्मत निर्वाचित हुनेहरूमा उपाध्यक्ष द्वयमा ईश्वर अधिकारी र सविना लिम्बू , सचिवमा अर्जुन राजवंशी , सह-सचिवमा जशोदा राजवंशी , कोषाध्यक्षमा ओमप्रकाश भट्टराई रहेका छन् ।

त्यसै गरी समितिको सदस्यहरुमा अनुषा चुडाल , विष्णु श्रेष्ठ , जोस्ना श्रेष्ठ , तुलसीप्रसाद निरौला , देवेन्द्र प्रसाईँ , विष्णुप्रसाद पौडेल , रञ्जित परियार , युवराज रेग्मी , कौशल भण्डारी , शान्ति सुब्बा , रणदेव हजाम , तलु बास्के र पोषराज कटुवाल सर्वसम्मत चयन भएका छ्न । 

 नेपाल प्रेस युनियन झापा शाखाको १० औँ जिल्ला अधिवेशनको अवसरमा ४ जना पत्रकारहरूलाई पुरस्कृत गरिएको थियो साथै संस्थाका निवर्तमान अध्यक्षहरूलाई सम्मानित गरिएको थियो ।

कार्यक्रमको अवसरमा पत्रकारहरू विष्णु सुब्बा , अर्जुन राजवंशी , वेणुप्रसाद अधिकारी र लीला अनमोललाई नगदसहित सम्मान गरिएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ