arrow

खेल मैदानको माग गर्दै युवाहरूले गरे दबाबमूलक कार्यक्रम

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८० जेठ ३ बुधबार
dabab-mugu.JPG

मुगु । यसअघि जिल्लामा राजनैतिक पाटीका विरोध,आन्दोलन जस्ता कार्यक्रम हुँदै आए पनि पहिलो चोटि विकासका लागी युवाहरूले दबाबमूलक कार्यक्रम आयोजना गरेका छन् । रेडपाण्डा यूथ क्लबको आयोजनामा मंगलबार युवाहरूले जिल्ला सदरमुकाम गमगढीमा सुविधा सम्पन्न खेल मैदानको माग गदै दबाब मूलक शान्तिपूर्ण र्‍याली निकालेका हुनु ।

खुल्ला मैदान नहुँदा जिल्लामा हुने सार्वजनिक कार्यक्रमहरु आमसभा,दिव श,उत्सव,खेल प्रतियोगिताहरू सदरमुकाम गमगढीमा रहेको महाकाली नमुना माद्यामिक विद्यालय बन्ध गराएर त्यहाँ रहेको चौरमा हुँदै आएको छ । कार्यक्रमका कारण विद्यालय बन्द हुँदा त्यहाँ अध्ययनरत विद्यार्थीहरूले अहिलेसम्म कहिल्यै पनि पूर्ण कक्षा पाउन सकिरहेका छैनन् ।

विद्यालयका नियमित अध्यापनमा बाधा हुने र इच्छा शक्ति भएका विभिन्न खेलाडीहरुले नियमित अभ्यास गर्न नपाउँदा जिल्ला तथा राष्ट्रले दक्ष खेलाडी गुमाई रहेकाले विगतमा जे जसरी वितेपनि आगामी दिनमा सुविधा सम्पन्न खेल मैदान बनाउन स्थानीय,प्रदेश र सङ्घीय सरकारको ध्यान जाओस् भनेर शान्तिपूर्ण दबाबमूलक कार्यक्रमको आयोजना गरेको रेडपाण्डा यूथ क्लब मुगुका कावा अध्यक्ष नवीन कुमार मल्लले बताए ।

हामी युवाहरूले कति चोटि पाटीका झण्डा बोकेर विभिन्न आन्दोलनमा सहभागी भयौ,कति चोटि भोट पनि हाल्यौ,कति जनाले जिते पनि तर सार्वजनिक सरोकारको विषय रहेको त्यसमा पनि प्रत्यक्ष युवासँग सम्बन्धित रहेको खेल मैदान बनाउन तिर नेता तथा पार्टीहरूको कहिल्यै ध्यान गएन । अब हामी युवाले पाटी तथा नेताहरूको उद्देश्य बुझिसकेका छौ हामी अब कसैको मोहोरा बन्दैनौ र कसैको ललिपपमा लालायित हुँदैनौ । 

अव जसले युवाको माग सम्बोधन गर्छ आगामी दिनमा हाम्रो साथ सपोट उही पाटी,उही व्यक्तिलाई हुने छ अध्यक्ष मल्लले भन्नुभयो विश्वले विकासमा नयाँ नयाँ मोडल सोचेर फडको मारिरहँदा जिल्ला भरीमा एक खेल सुविधा सम्पन्न खेल मैदान नहुनु अहिले सम्मका नेतृत्व,यहाँ आउने प्रशासक तथा कार्यालय प्रमुखहरूको लागी लाजको विषय हो ।

युवाहरूको मागमा आफ्नो ऐक्यबद्धता जनाउँदै नागरिक समाज मुगुका अध्यक्ष रूप बहादुर मल्लले प्रदेश सरकारबाट सामाजिक विकास कार्यालयमा खेल मैदान निमार्णका लागी बर्षेनी करोड बढी रकम आउने गरे पनि जग्गा उपलब्ध नहुँदा सधैँ र्फिज जाने गरेको बताउँदै अब स्थानीय सरकार छायाँनाथ रारा नगरपालिकाले खेल मैदानका लागी जमिन खरिद गर्नु पर्ने खेल मैदान कणाली प्रदेश सरकारले बनाउनु पर्ने र अन्य भौतिक संरचना बनाउन सङ्घीय सरकारको ध्यान जानु पर्ने माग गरे । 

आफ्ना जनमुखी,युवामुखी जिल्लाका लागी अति आवश्यक रहेको खेल मैदान निमार्णको माग माथि तिनै तहका सरकारहरूले ध्यान नदिए मुगाली युवाहरूले आगामी दिनमा अझ कडा भन्दा कडा आन्दोलनका कार्यक्रमहरु गर्ने पनि रेडपाण्डा यूथ क्लबले जनाएको छ ।

खेल मैदान नहुँदा मुगाली युवाहरु विभिन्न खेलहरू घरका आँगनमा,खेत गरा तथा खोला नदिका बगरमा खेलेर मनोरञ्जन लिने गदै आएका छन् । सरकारले एक स्थानीय तह एक खेल मैदानको अवधारणा लिए पनि मुगुका चार वटै स्थानीय तहमा कतै खेल मैदान बनाइएको छैन । 

युवाहरु दुर्व्यसन,विभिन्न कुलतहरूमा फस्नु,आपराधिक क्रियाकलापमा सहभागी र संलग्न हुनु पनि भुल्ने,व्यस्त हुने ठाउँ नहुनु पनि भएकाले जिल्लामा सुविधा सम्पन्न खेल मैदान बनाएमा युवाहरूमा सकारात्मक सोचको विकास हुने रेडपाण्डा यूथ कल्वका फुटबल खेलाडी विशाल मल्लले बताए । 

युवाहरु सार्वजनिक महत्त्वका विषयमा चासो दिएर खुल्नुलाई स्थानीयहरूले सकारात्मक रूपमा लिएका छन् भने अब युवाहरूले केही गर्छन् की भनेर सबैले आस गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ