- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्यान्टोन्मेन्टको रकम हिनामिना नभएको र यदि त्यसमा कसैबाट उजुरी परेर दोषी प्रमाणित भए जेल जान तयार रहेको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा सांसद ज्ञानबहादुर शाहीले राखेको प्रश्नमा क्यान्टोन्मेन्टको विषयमा कपोलकल्पीत र दृष्ढविश्वास भएको भन्दै उजुरी दिएर छानबिन हुँदा दोषी ठहरिए जेल जान तयार रहेको बताएका छन् ।
शाहीले ८४६० लडाकु को हुन् कहाँ छन् ? भनेर प्रश्न गरेका थिए । प्रधानमन्त्रीले फेक लडाकु भर्ना गरेको र ८ हजार फेक लडाकुको विषयमा पाँच वर्षमा अर्बौं रकम भ्रष्टाचार गरेको आरोप रहेको बताएका थिए ।
जवाफमा प्रचण्डले को को हुन् र कति लिए भन्ने सबै विवरण सरकारले राखेरै मात्र दिइएको बताएका छन् ।
अहिले राजनीतिक आग्रह र पूर्वाग्रह नराख्न पनि आग्रह गरेका छन् ।