arrow

दोषीमाथि कारबाही गर्नेमा सरकार दृढ छ : प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ४ बिहिबार
prachandas-karp.JPG

काठमाडौं ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीमाथि कारबाही गर्नेमा  सरकार दृढ रहेको बताएका छन् ।  प्रतिनिधि सभाको बैठकमा नेमकिपाका प्रेम सुवाल र मेट म‌णि चौधरीको तर्फबाट शेरबहादुर कुवरले गरेको प्रश्नको जवाफ दिँदै प्रचण्डले यस्तो बताएका हुन् । 

प्रधानमन्त्रीले भने,' प्रधानमन्त्रीको हिसाबमा मेले मैले उपप्रधान तथा गृहमन्त्रीलाई लाई निष्पक्षका साथ दोषी न उम्कने तथा निर्दोष नपर्ने नीति अन्तर्गत निर्दैसित गरेको छु । प्रहरीले पनि स्वतन्त्र छानबिन गरिरहेको छ ।' 

कुवरले नेपालीलाई  शरणार्थी बनाएर अमरकीका पठाउने नाममा यस कार्यमा शीर्ष नेता पनि भेटिन थालेको कुरा बाहिरिएको छ । यी प्रमाणहरू भेटिए के गर्नहुन्छ भनी सोधेका थिए ?

प्रश्नको उत्तर दिँदै प्रधानमन्त्रीले  जुनसुकै पद तथा ओहोदामा रहेका कारबाहीको दायरामा आउने बताए । भ्रष्टाचारको अन्य प्रकरणको कानुन अनुसार अनुसन्धान र कारबाही हुने बताए ।  

उनले भने,' यसमा स्वतन्त्र र निष्पक्ष छानबिन भइरहेको कुरा यसले प्रमाणले गरेको छ । यस्ता विषयमा सरकारले कुनै आग्रह पूर्वाग्रह नराखी निष्पक्ष तटस्थ र व्यावसायिक छानबिन गरि अन्तिम निष्कर्ष निकाली अपराधीलाई कानुनको दायरामा जोड गरेको छ ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ