arrow

नक्कली भुटानी शरणार्थीका गिरोहलाई छाडिँदैन – प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ४ बिहिबार
prachanda-prem-suwal-parliament.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई नछाड्ने बताएका छन् । 

प्रतिनिधि सभाको बैठकमा सांसद प्रेम सुवालको नेपाललाई सिंगापुर र स्वीट्जरल्याण्ड बनाउने भन्नुहुन्थ्यो तर अहिले नेपालीलाई नक्कली भुटानी शरणार्थी पो बनाइयो भन्दै उनले गिरोहलाई छाड्ने सर्तमा संसदीय समितिमा भागबन्डा भएको त हैन भनेपछि प्रचण्डले यो मुद्धा कुनै पार्टी, सरकार वा नेताको विषय नभएको भन्दै यो त नेपाली जनतादेखि अन्तर्राष्ट्रिय संघ संस्थाको विषय भएको बताए । 

उनले सरकार दोषीलाई नछाड्ने र निर्दोषलाई नछुने गरी लागेको बताउँदै अन्तर्राष्ट्रिय स्तरलाई पनि यसको जानकारी हुने बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ