प्रधानमन्त्रीको पहिलो भ्रमण भारतमै गर्नुपर्ने राजनीतिक दबाब छैन – प्रचण्ड
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ४ बिहिबार
1k
Shares
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलो विदेश भ्रमण भारतमै गर्ने भन्ने परम्परा आफूले नै तोडेको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा सांसद चित्रबहादुर केसीको प्रधानमन्त्री हुँदा पहिलो विदेश भ्रमण भारतमै गर्नुपर्ने कारण के होला ? भन्ने प्रश्नको जवाफमा प्रचण्डले त्यस्तो कुनै वाध्यता नभएको बताए ।
उनले भने, ‘त्यस्तो कुनै वाध्यता छैन । त्यसको जवाफ मैले पहिलो कार्यकालमै दिएको छु । तर भारतसँगको व्यवहार, खुला सीमाना, संस्कृति रहे पनि राजनीतिक रुपमा कुनै दाबाब छैन ।’