- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल प्रचण्डले नेपाल र भारत विज्ञहरु बसेर तयार गरेको ईपीजी प्रतिवेदन बुझ्ने बारेमा भारतको भ्रमणपछिमात्र जानकारी दिन सकिने बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा एमाले सांसद रघुजी पन्तले सोधेको प्रश्नको जवाफ दिँदै प्रचण्डले सो क्रममा प्रचण्डले भारत भ्रमणका क्रममा ईपीजी प्रतिवेदन बुझ्ने वा नबुझ्ने भन्ने बारेमा भारत भ्रमणपछि मात्र भन्न सक्ने बताए ।
उनले नेपालको राष्ट्रिय हित विपरीत कुनै कदम नचाल्ने पनि बताए ।
त्यस्तै उनले नेपालको एक इन्च भूमि अरुलाई पनि नदिने र अरुको एक इन्च भूमि पनि नलिने बताए ।
सोही क्रममा पन्तले सांसदहरुले प्रधानमन्त्रीलाई सोध्ने प्रश्नपत्र कसले आउट गर्यो भनी प्रश्न गरेका छन् ।
उनले प्रचण्डलाई गर्ने प्रश्नहरु अगाडि नै मिडियामा आएको भन्दै उनले आपत्ति जनाएका हुन् ।
प्रतिनिधि सभाको बैठकमा जवाफ यी प्रश्नहरु रोकिनु पर्छ भन्नेमा आफू पनि रहेको प्रचण्डले बताए । प्रचण्डले एक जना माननीयले प्रश्नमात्र बाहिरिएर उत्तर आएको रहेनछ भनेर बताएको पनि सुनाए ।