arrow

नीति तथा कार्यक्रम

नदीजन्य ढुंगा, गिटी, बालुवा संकलन र वितरण गर्न आवश्यक कानूनी व्यवस्था

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ५ शुक्रबार
ramchandra-2080-02-05c.jpg

काठमाडौं । सरकारले नदीजन्य ढुंगा, गिटी, बालुवा संकलन र वितरण गर्न आवश्यक कानूनी व्यवस्था गर्ने भएको छ । 

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वातावरण प्रतिकूल नहुने गरी नदीजन्य ढुंगा, गिटी,
बालुवा संकलन र वितरण गर्न आवश्यक कानूनी व्यवस्था गरिने बताएका हुन् । 

त्यस्तै नीति तथा कार्यक्रममा भौगोलिक अवस्था र पानीको स्रोतको आधारमा उपयुक्त सिंचाइँ प्रविधिमार्फत वर्षैभर सिंचाइँ सुविधा उपलब्ध गराइने, सिंचाइँ गुरुयोजना अद्यावधिक गरी ठूला आयोजना कार्यान्वयन गर्दै लगिने र ठूला तथा बहुउद्देश्यीय सिंचाइ आयोजनाको मूल एवं शाखा नहरको निर्माण तथा मर्मत कार्य द्रूत गतिमा अघि बढाइने उल्लेख गरिएको छ ।

त्यसैगरी राष्ट्रपति पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा वृहत बहुउद्देश्यीय डाइभर्सन आयोजना निर्माण र सञ्चालनलाई तिब्रता दिइने,
धादिङको सल्यानटारमा सिंचाइ सुविधा उपलब्ध गराउन प्रक्रिया अगाडि बढाइने, सिंचाइँका निम्ति विद्युत आपूर्तिको सहज व्यवस्था मिलाइ विद्युत महसुलमा छुट दिने नीति लिइने उल्लेख गरिएको छ । 

उनले साना किसानहरुलाई सिंचाइँका लागि निःशुल्क वाटरपम्प तथा ट्युवेल वितरण गरिने पनि बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ