arrow

रोजगारी सिर्जना गर्ने शिक्षा आजको आवश्यकता : मन्त्री साउद

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ७ आइतबार
np-saud.jpg

काठमाडौं ।  परराष्ट्रमन्त्री एनपी साउदले मुलुकमा अहिले रोजगारी सिर्जना गर्ने खालको शिक्षाको आवश्यकता भएको बताएका छन्।

एक कार्यक्रममा उनले शैक्षिक योग्यताको प्रमाणपत्र बोकेर रोजगारी खोज्ने नभइ आफै रोजगारी सिर्जना गर्ने क्षमताको विद्यार्थी मुलुकको आजको आवश्यकता भएको उल्लेख गरे ।

बानेश्वर क्याम्पसबाट उत्पादित जनशक्तिले समाजमा पुर्‍याएको योगदान उल्लेखनीय रहेको बताउँदै मन्त्री साउदले भने, “अहिले नेपालमा युवा जनसङ्ख्या सबैभन्दा धेरै छ, यो जनशक्तिलाई मुलुकको आवश्यकताअनुसार प्रशिक्षित गरी समृद्धिमा उपयोग गर्न सके मुलुकलाई दीर्घकालीन लाभ हुनेछ ।”

हाल रोजगारी र अध्ययनका लागि युवा विदेशिने क्रम बढेको उल्लेख गर्दै उनले युवा वर्गलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी मुलुकको समृद्धिमा लगाउन सरकार प्रयत्नशील रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ