- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
चितवन । भरतपुर महानगरपालिकाको झण्डा सर्वोच्च शिखर सगरमाथामा फहराइएको छ । गाइड नरेन ठकुरी र सहायक चेतन भोटेले महानगरको झण्डा सगरमाथामा फहराएका हुन् ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाको विकास र समृद्धिको अभियानलाई सफल बनाउन सर्वोच्च शिखर सगरमाथामा भरतपुर महानगरपालिकाको झण्डा फहराइएको बताए ।
देशका पालिकाहरुमा सबै सूचकहरुमा अग्रणी रहेको महानगरपालिकाको झण्डालाई सर्वोच्च शिखरमा फहराएर विश्वभर विकासको सन्देश प्रवाह गरेको उनको भनाइ छ । भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष मनाउँदै छ ।
यी गतिविधि महानगरको पर्यटन प्रबर्द्धनका लागि समेत सहयोगी हुने उनको भनाइ छ । देशकै मध्यभागमा रहेको भरतपुर महानगर पर्यटकीय गन्तव्यका रुपमा परिचित छ ।
सगरमाथामा महानगरको झण्डा फहर्याउने यस अभियानको संयोजन गरेका महानगरका विज्ञ प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले सगरमाथा पुगेको टोली झण्डा गाडेर काठमाडौँ फर्किएको बताए । टोलीलाई महानगरपालिकाले बिदाई गरेको थियो ।