arrow

कुमारी बैंकको तीन लाख बढी संस्थापक शेयर लिलामी बिक्री खुला

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ९ मंगलबार
kumari-bank-limited-logo.jpg
तस्बिर – फाइल ।

काठमाडौं । कुमारी बैंकले सोमबारदेखि ३ लाख १६ हजार १४० कित्ता संस्थापक शेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामी सेयरमा बैंककै संस्थापक शेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । 

यसमा न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा असार १० गतेसम्म आवेदन दिन मिल्नेछ । 

बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट, नारायणचौर काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ