कुमारी बैंकको तीन लाख बढी संस्थापक शेयर लिलामी बिक्री खुला
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ९ मंगलबार
1.3k
Shares
तस्बिर – फाइल ।
काठमाडौं । कुमारी बैंकले सोमबारदेखि ३ लाख १६ हजार १४० कित्ता संस्थापक शेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामी सेयरमा बैंककै संस्थापक शेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।
यसमा न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा असार १० गतेसम्म आवेदन दिन मिल्नेछ ।