arrow

मधेसमा मेघ गर्जनसहित हावाहुरी, अन्नबालीमा असर

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ९ मंगलबार
hawahuri-new-fnl.jpg.jpeg
तस्बिर – फाइल ।

महोत्तरी । मधेस प्रदेशमा मेघ गर्जनसहित चलेको हावाहुरीबाट अन्नबालीमा असर गरेको छ । मंगलबार बिहान करिब एक घण्टा चलेको हावाहुरीले अन्नबालीमा नोक्सान पुर्‍याएको किसानहरुले जानकारी दिएका छन् ।

‘फल लाग्ने बेला भएको मकैमा नोक्सान पुर्‍याएको छ’, ‘बर्दिबास ९ का किसान राम नरेशले भने, ‘वर्षामात्र भएको भए नोक्सान हुँदैनथ्यो, हावाहुरीले समस्या बनायो ।’ अहिले पनि पानी परिरहेको छ । 

 वर्षा हुने समयमा हुरिबतास चल्नु जलवायु परिवर्तनको असर भएको विज्ञहरुको बुझाइ छ । मौसमको अनियमित फेरबदल र बेमौसमी हावाहुरी जलवायु परिवर्तनको कारक भएको जलवायुविज्ञ विराट पन्त बताउँछन । अघिल्लो साता आएको हावाहुरीले पनि फल्दै गरेको आँप, लिची जस्ता फलफूल र बालीनालीमा असर पुर्‍याएको थियो ।

महोत्तरीका किसानहरुले क्षतिपूर्तिको मागसहित जिल्ला कृषि कार्यालय, कृषि ज्ञान केन्द्र र सम्बन्धित स्थानीय तहमा ध्यानाकर्षण समेत गराएका थिए । तराईमा केही दिनदेखि गर्मी पनि अत्याधिक बढेको छ । केही वर्ष अगाडि र अहिलेको तुलना गर्दा गर्मीमा नै निकै ठूलो फेरबदलको महसुस गरिरहेको स्थानीयहरु बताउँछन् ।

लामो समयदेखि खडेरी पर्ने र एकैचोटी वर्षा र हावाहुरी आउँदा किसानहरु समेत चिन्तित बनेका छन् । ‘पानी आउँदैन, आउन लाग्यो भने बौलाएर आउँछ, के हुन्छ भन्नेमा नै डर लागेर आउँछ’, बर्दिबास ३ का किसान द्रोण खड्काले चिन्ता व्यक्त गर्दै भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ