arrow

डा. सुनील शर्माले सोधे – राज्यले जनतालाई लुट्न मिल्छ कि मिल्दैन ? [भिडियोसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ९ मंगलबार
sunil-kumar-sharma-morang-3-congress-mp-2079-2022.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माले राज्यले जनतालाई लुट्न मिल्छ कि मिल्दैन ? भनेर प्रश्न गरेका छन् । 

प्रतिनिधि सभाको नीति तथा कार्यक्रममा सम्बन्धमा छलफल गर्ने क्रममा सांसद शर्माले पार्टीको इमानदार कार्यकर्ताको हिसाबले नीति तथा कार्यक्रमको समर्थन गरे पनि सरकारका गल्ती भने औंल्याउन आफ्नो अन्तरआत्माले भन्न भनेको जनाए । 

उनले भने, ‘मेरो अन्तरआत्माले को भन्यो भने तँलाई मनमा लागेका कुरा भन् भन्यो । यो पूर्ण छ त ? छैन । केही कुराहरु थप्न पाएको भए पूर्ण हुन्थ्यो । मैले लेखेका कुराहरु अर्थमन्त्रीलाई दिएको तर त्यो समेटेको भए देशको दूरदराजमा भएका नेपालीहरुले फेरि आत्महत्या गर्नु पर्दैनथ्यो कि ।’

उनले अगाडि भने, ‘गठबन्धनको सरकारले तत्कालीन आवश्यकता के हो ? अहिले हरेक दिन ७४ जना नेपालीहरु बैंकको कालोसूची भइरहेका छन् । दश महिनामा २२ हजार मानिसहरु बैंकबाट डिफल्डर भए । ८१.४१ प्रतिशत कालोसूचीमा रहेका छन् । आउँदो असार मसान्तसम्ममा सतप्रतिशत डिफल्डर हुँदैछन् । यसको मतलब हाम्रो नीतिमा समस्या छ कि छैन ? हामीले बनाइरहेको नीतिभित्र कहाँ समस्या भो ?’

उनले यसलाई थप स्पष्ट पार्दै भने, ‘एक वर्ष अगाडि बैंकको ब्याजदर सरदर ६ प्रतिशतदेखि ७ प्रतिशत थियो । बैंकको ब्याज सरकार नीहित अर्गनाइजेशनहरुले अरबौं रकम लगेर प्राइभेट बैंकहरुलाई महँगो ब्याजमा फिक्स डिपोजिटमा कमिशन खाएर राखेको कारणले गर्दाखेरी धेरैवटा कारणमध्ये यो मेजर कारण हो । यसको कारणले गर्दा खेरी जनता मारमा परेका छन् । अहिले २२ प्रतिशतसम्म जनताबाट ब्याज असुली राखियाछ । लु्टतन्त्र हो कि हैन ? राज्यले जनतालाई लुट्न मिल्छ कि मिल्दैन ?’ 

सांसद शर्माले नेपाली युवालाई नेपालमै सस्तो ब्याजदरमा पढाउने व्यवस्था गर्न पनि आग्रह गरेका छन् । उनले भने, ‘अहिले हाम्रो मुलुकले विश्व बजारमा सप्लाइ गर्न सक्ने चिज हामी कृषि हो कृषि हो भन्दैछौं नि । म कृषि होइन भन्दिन । कृषि पनि हो भन्छु अब । यो २० वर्ष ३० वर्ष अगाडिको थ्योरी होला । तर आजको हाम्रो युवा जनशक्तिलाई एक करोडको हाराहारीमा विभिन्न मुलुकहरुमा गएर दुःख गर्नुपर्ने दिनको अन्त्य गर्नको निम्ति सफ्ट लोनको व्यवस्था गरेर बच्चाहरुलाई यहीँ पढाउनु पर्छ भन्ने मलाई लाग्छ ।’

उनले मेडिकल कलेजलाई तत्काल सम्बन्धन दिन पनि आग्रह गरेका छन् । भन्छन्, ‘भएका मेडिकल कलेजहरु चल्न नदिने, बीएमसी र मनमोहन पूर्वाधार पुर्याएर बस्या छ सम्बन्धन नदिने, किन भन्दाखेरी पूर्व एमालेका साथीहरुको आफ्नै गुटभित्रको समस्या, दुर्गा प्रसाईले राम्रो बोल्दैन भन्ने समस्या, अनि भएकालाई चल्न नदिने लाइसेन्स नदिने अनि नयाँ खोल्छु भनेर ठूला गफ गरेर यो सरकारले राम्रो काम गर्या छैन ।’

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ