arrow

सङ्घीय व्यवस्था रक्षार्थ प्रेस जगतको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री शर्मा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १० बुधबार
Raj Kumar Sharma.jpg

कर्णाली । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले सङ्घीय व्यवस्था र आन्दोलनको उपलब्धि रक्षा गर्न प्रेस जगतको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । 

प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितिको वीरेन्द्रनगर सुर्खेतमा आयोजित पाँचौँ साधारणसभामा मुख्यमन्त्री शर्माले सङ्घीयताको वर्तमान विकास मोडल परिवर्तन गर्न आवश्यक रहेको बताए । अहिलेको विकास अभ्यास व्यवस्थाबमोजिम नभएको उनको भनाइ थियो । 

मुख्यमन्त्री शर्माले भने, “हामीले गरेको आन्दोलन र सङ्घर्षबाट प्राप्त उपलब्धिमाथि प्रहार भइरहेको छ । ती उपलब्धिको रक्षा र अहिलेको व्यवस्थाअनुसार विकास नमूना परिवर्तन गर्न आवश्यक छ ।”

उनका अनुसार संविधानको मर्मबमोजिम सङ्घीयता लागू भएको छैन । यसबाट उब्जेका समस्या चिर्नका लागि सबै तहको भूमिका आवश्यक रहेको छ । 

अहिलेको व्यवस्थाप्रति नकारात्मक प्रवृत्ति हावी भएको प्रतिक्रिया दिँदै उनले त्यसलाई परास्त गरी सत्ताको औचित्य पुष्टि गर्न लागिपरेको जनाए । सोही क्रममा उनले अहिलेको शिक्षा प्रणाली समय सुहाउँदो नभएकाले शिक्षा प्रविधिमैत्री हुनुपर्नेमा जोड दिए ।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले नयाँ व्यवस्था आउनुमा प्रेस सेन्टर नेपालको योगदान रहेको जनाए ।

उनले वर्तमान सरकारले मिडिया विकास कोष, पत्रकार कल्याणकारी कोष, महासङ्घको भौतिक संरचना निर्माणमा जोड दिएको जनाउँदै आमसञ्चार विधेयक अगाडि बढाउन थालिएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ