arrow

पशुपति वनकालीमा पार्थिव शिवलिङ्ग पूजाआजा हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ११ बिहिबार
pashupatinath.JPG

काठमाडौं । मानश तथा बोलबम परिवार, जनकपुरधामको आयोजनामा आज पशुपति वनकालीस्थित हंशमण्डपमा दिनभर पार्थिव शिवलिङ्ग पूजाआजा हुने भएको छ । 

स्वदेश तथा विदेशमा समेत धार्मिक अनुष्ठान गर्दै आएको सो बोलबम परिवार नामक संस्थाले जनकपुरबाट ल्याएको माटोले पशुपतिनाथ परिसरमा शिवलिङ्ग बनाई पाठ, पूजा, हवन गर्न लागेको हो । 

सो संस्थाका अध्यक्ष ललन ठाकुरले बनारसबाट झिकाइएका पण्डितसहित स्वदेशस्थित मधेसी र पहाडी ब्राह्मणको संलग्नतामा चण्डी र रुद्री पाठसहित हवन हुने धार्मिक अनुष्ठानमा ठूलो सङ्ख्यामा भक्तजनको उपस्थिति हुने जानकारी दिए । सो संस्थाले यसअघि २०७४ सालमा जनकपुरको रङ्गभूमि बाह्रबिघामा एकैदिन दश हजार भक्तजनको उपस्थितिमा पार्थिव शिवलिङ्ग पूजाआज गरेको जनाएको छ ।  
 
बोलबम परिवार संस्थाले देशभित्र जनकपुरस्थित प्रसिद्ध राम–जानकी मन्दिरसहित विभिन्न धार्मिक मठमन्दिर र छिमेकी मित्रराष्ट्र भारतको अयोध्यासहित विभिन्न धार्मिक नगरीमा यसकिसिमको पार्थिव शिवलिङ्ग पूजाआजासहित धार्मिक अनुष्ठान कार्य सम्पन्न गरकोसमेत अध्यक्ष ठाकुरले जानकारी दिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ