arrow

चिनियाँ दूतावासका उपप्रमुख पुगे रास्वपाको कार्यालय

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १२ शुक्रबार
rsp-rastriya-swatantra-party-final.jpg

काठमाडौं।  नेपालस्थित चिनियाँ दूतावासका उपप्रमुख राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी कार्यालय वसुन्धरा पुगेका छन् ।   चिनियाँ दूतावासका उपप्रमुख वाङ शिन बिहीबार रास्वपा का नेतासँग भेट गर्न पार्टी कार्यालय वसुन्धरा पुगेका हुन् । 

रास्वपाका नेता र उपप्रमुख शिनबीच भेटवार्ता भएको छ ।  पार्टीका उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावललगायतको सहभागिता रहेको भेटघाटमा नेपाल र चीनका आपसी चासोका विषयमा छलफल भएको थियो ।

“उहाँ पार्टीसँग केही समयअघि देखि नै भेटघाट गर्न इच्छुक हुनुहुन्थ्यो । बिहीबारको भेटको खास एजेण्डा केही थिएन,  शिष्टाचार भेटवार्ता भएको हो”, पार्टीका केन्द्रीय सदस्य रावलले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ