arrow

तीन नेताबीच सुनको कुरा नउठाउने सहमति, दाहालले लगाएको आरोप रेकर्डबाट हटाइने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १३ शनिबार
prachanda-deuba-oli-2080-02-13.jpg

काठमाडौं । पशुपतिनाथ मन्दिरमा चढाइएको जलहरीका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा सम्बोधन गर्ने भएका छन् । 

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रमुख दलका शीर्ष नेतासँग शनिबार बिहान भएको छलफलमा सो सहमति भएको हो । सो सहमतिसँगै एमालेले गरेको संसद अवरुद्ध अब नहुने भएको छ । 

‘भ्रम सिर्जना हुने गरी तथ्यहीन र आधारहीन अभिव्यक्ति दिनु गलत भएकाले संसदको रेकर्डबाट सो हटाइने छ र यसलाई गलत भनेरै जानुपर्छ भन्नेमा तीन शीर्ष नेताबीच सहमति भएको छ,’ एमाले सचतेक पदम गिरीले भने, ‘सो सहमतिसँगै आज संसद खुल्ने भएको छ ।’

पशुपतिनाथमा चढाइएको जलहरीमा अनियमितता भएको भन्दै नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम लिएपछि एमालेले हिजो संसद अवरुद्ध गरेको थियो । सो अभिब्यक्तिलाई लिएर माओवादीले माफी माग्नु पर्ने अथवा सो बारेमा छानबिन गरे ‘सुन हो कि पित्तल’ छुटाउनु पर्ने अडान राखेपछि हिजो संसद चल्न सकेको थिएन । 

पशुपतिमा चढाइएको सुनमध्ये ११ किलो हराएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको बेला माओवादी सांसद दाहालले सो विषयलाई एकाएक संसदमा प्रवेश गराएपछि स्थिति असामान्य बन्न पुगेको थियो । 

सांसद दाहालले दिएको अभिब्यक्ति गैर जिम्मेवार भन्ने निष्कर्षपछि सो अभिब्यक्ति संसदको रेकर्डबाटसमेत हटाउने सहमति भएको छ । 

योसँगै आज अपरान्ह प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रममा छलफल गरी सम्बोधन गर्नेछन् । 

सोमबार सरकारले बजेट ल्याउँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ