प्रचण्ड आफैँलै स्वीकारे नीति तथा कार्यक्रमलाई कर्मकाण्डी
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १३ शनिबार
1.6k
Shares
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रमलाई कर्मकाण्डी नै भएको स्वीकारेका छन् ।
प्रमुख प्रतिपक्ष दलका सबै नेताहरुले कर्मकाण्डी भनी आरोप लगाइरहँदा प्रचण्डले यसअघिका सरकारहरुको जस्तै नीति तथा कार्यक्रम आएकाले यो पनि कर्मकाण्डी भनेर भन्दा फरक नपर्ने बताए ।
प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममा सांसदहरुबाट उठेको प्रश्नको जवाफ दिँदै प्रचण्डले उक्त स्वीकारोक्ति गरेका हुन् ।