arrow

आफ्ना समुदायलाई संविधान बुझाउन लागेका याङ्गग्याल

नेपालको संविधान मुगाल भाषामा अनुवाद गदै

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८० जेठ १४ आइतबार
mugal-language.JPG

मुगु ।  मुगु जिल्ला मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नं २ मुगु गाउँका याङ्गग्याल लामाका दिनहरू नेपालको संविधान अनुवाद गदै बितिरहेका छन् । आफ्ना समुदायका मानिसहरूलाई नेपालको संविधान बुझाउन आफ्नै भाषामा संविधान अनुवाद गर्न लागेका लामा दिन रात नभनी एक वर्ष यताबाट संविधान पढ्दै कम्प्युटरमा आफ्नो समुदायको भाषामा अनुवाद गरिरहेका छन् ।

मुगु जिल्लाको मुगुम कार्मारोङ्ग गाउँपालिकामा रहेका १४ वडा गाँउहरुमा जनजातिहरूको शतप्रतिशत बसोबास रहेको छ । अन्य गाउँ भन्दा फरक संस्कृति ,रहन,सहन,भाषा,भेषभुषा रहेका मुगु गाउँका स्थानीयहरूको प्रमुख आम्दानी स्रोत व्यापार व्यवसाय रहेको र व्यापारको सिलसिलामा देश तथा विदेशमा समेत आवत जावत गर्दा नेपालको मूल कानुन सम्बन्धी थाहा नपाउनेले आफ्नो समुदायले अवसर गुमाई रहेको र कष्ट सामना गरिरहनु परेकाले सबैलाई बुझाउन नेपालको संविधान मुगाल भाषा,सम्भोट लिपिमा अनुवाद गरिरहेको अनुवादक याङ्गग्याल लामाले बताए ।

सदरमुकाम गमगढी स्थित एक मिठाइ पसलमा शुक्रबार बिहान भेटिएका लामा अरू ग्राहक चिया मिठाई खाइरहेको बेला उनी एका पट्टी नेपालको संविधान राखेर ल्यापटपमा आफ्नो भाषा अनुवाद गदै टाइप गरिरहेका थिए । 

उमेरले ७६ वर्ष पुग्नु भएका लामाको जोस र जागर हेर्दा तन्नेरी भन्दा कम थिएन । उत्सुकता लागेर नजिक गई सोध्दा संविधान आफ्नो भाषामा अनुवाद गर्न लागेको बताए । संविधान नेपाली भाषामा मात्र पाइन्छ नेपाली सबै पढे लेखेका छैनन् सबैको भाषामा संविधान उपलब्ध पनि छैन त्यसैले मुगाल समुदायले आफ्नो भाषामा संविधान पढ्न,पढाउन, सुन्न र बुझ्न सकुन् भनेर अनुवाद गर्न लागेको बताए । 

लामाहरूको भाषामा पढाई हुने गुम्बाहरूमा अध्ययनरत बालबालिकाहरूले पनि संविधान बारे बुझ्नु र शिक्षकहरूले पढाउन सकुन् भन्ने उद्देश्य पनि हो उनले भने नेपाल सरकारले देश भित्र बोलिने सबै जातजातिहरूको भाषा र लिपिमा संविधान प्रकाशन गर्छ होला सोचेको थिए लामो समय बित्यो प्रकाशन भएको र आफ्ना समुदायका कसैले पनि अनुवादमा चासो दिएको देखिन त्यसैले यो उमेरमा पनि दिनरात नभनी भावी सन्तति र आफ्नो समुदायलाई देशको मूल कानुन बुझाउन संविधानलाई मुगााल भाषा,सम्भोड लिपिमा अनुवाद गर्न लागी परेको छु,अनुवाद गर्ने कार्य अन्तिम चरणमा पुगेको र भाषा विज्ञहरूसँग परीक्षण गरि प्रकाशन गर्न तिर लाग्ने छु ।

मुगालहरुको मुलथलो मुगु जिल्लासँग जोडिएको चिन र नेपालको सिमाना नाक्चे लाग्ना नजिक रहेको मुगु गाउँमा हाल ३०० बढी घरधुरी रहे पनि यहाँबाटै जिल्ला सदरमुकाम गमगढी,जुम्ला खलङ्गा बजार,काठमाडौको बौद्ध,पोखरा भारतको कुल्ली मुनाली,असाम हुँदै अमेरिका,हङ्गकङ्ग र ताइवानसम्म मुगालहरु फैलिएको पाइन्छ । 

मुगु जिल्लाको नाम पनि यसै गाउँको नामबाट राखिएको हो परापूर्व कालमा दक्षिणबाट आएका मानिसहरू र उत्तरबाट आएकाहरू बीच यो गाउँमा मुगा लगायत बहुमूल्य धातु र जडीबुटीहरूको व्यापार हुन्थ्यो । त्यो समयमा मुगु गाउँलाई मुगुम भनिन्थ्यो पछि मुगुम शब्द अपभ्रम्स हुँदै मुगु भएको हो आफ्नो गाउँको इतिहास बारे लामाले भने । लामा समुदायमा पहिलो एसएलसी पास गर्ने,सरकारी जागिर(शिक्षक) खाने उन पहिलो मुगाल हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ