arrow

काभा महिला भलिबल च्यालेन्ज कप भारतलाई, नेपाल तेस्रो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १४ आइतबार
kava-india-kazakhastan-final.jpg

काठमाडौं । एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपको उपाधि भारतले जितेको छ । आइतबार भएको फाइनलमा काजखस्तानलाई पराजित गर्दै भारतले उपाधि जितेको हो । 
    
राजधानीको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनलमा भारत ३–० को सोझो सेटमा विजयी भएको हो । 

यता आयोजक नेपाल तेस्रो भएको छ । तेस्रो स्थानका लागि भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो भएको हो । खेलमा पहिलो सेट गुमाएको नेपालले त्यसपछिको लगातार तीन सेट आफ्नो पक्षमा पार्दै जित निकाल्यो । 

खेलमा पहिलो सेट उज्वेकिस्तानले २५–२० ले आफ्नो पक्षमा पार्यो । त्यसपछि नेपालले खेलको दोस्रो सेट २५–१६ ले जितेर खेलमा फर्किएयो । यसैगरी खेलको तेस्रो सेट  २५–१५ र चौथो सेट २५–१३ ले जित्यो ।  

काभा भलिबलमा नेपाललाई तेस्रो स्थान
    
हारसँगै उज्वेकिस्तान भने चौथो स्थानमा रह्यो । त्यसैगरी प्रतियोगितामा श्रीलङ्का पाँचौँ, कीर्गिस्तान छैटौँ, माल्दिभ्स सातौँ र बङ्गलादेश आठौँ स्थानमा रह्यो । 

राखेपको विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा जारी उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ