arrow

कस्तो बजेट आउँछ ? अर्थमन्त्री भन्छन् –पछाडि परेका क्षेत्र, समूह, वर्गलाई लक्षित गरेर बजेट आउँछ

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १४ आइतबार
prakash-sharan-mahat-parliament-2080-01-27.jpg
तस्बिर – फाइल ।

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पछाडि परेका क्षेत्र, समूह, वर्गलाई लक्षित गरेर सरकारको आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन् । 

सरकारले सोमबार आर्थिक वर्ष २०८०–८१ का लागि बजेट सार्वजनिक गर्दै गर्दा अघिल्लो दिन संघीय संसद भवन परिसरमा सञ्चारकर्मीले राखेको जिज्ञासामा अर्थमन्त्री डा.महतले पछि परेको वर्गलाई केन्द्रमा राखेर बजेट आउने बताएका हुन् । 

उनले बजेट समग्र जनता र देशलाई केन्द्रित गरेर आउने बताए । उनले बजेट कार्यान्वयनमा पनि सरकारले विशेष जोड दिने बताए । 

कार्यान्वयनलाई नै महत्त्व दिएर बजेट आउने र त्यसैलाई मध्यनजर राखेर सरकार अघि बढ्ने उनको दृढता छ । उनले बजेट जतिसुकै राम्रा भए पनि कार्यान्वयनमा नगए त्यसको कुनै अर्थ नहुने भएकाले सरकारले बजेट कार्यान्वयनको पक्षमा जोड दिने बताए । 

अर्थमन्त्री महतले भने, ‘‘समग्र जनतालाई केन्द्रित गरेर, देशलाई केन्द्रित गरेर सबै पक्ष, पछाडि परेका क्षेत्र, समूह, वर्ग, लिंग सबैलाई मध्यनजर राखेर बजेट आउँछ। हामीले कार्यान्वयनमै जोड दिएका छौं। कार्यान्वयन अत्यन्तै महत्वपूर्ण विषय हो। जतिसुकै राम्रा कुराहरु भए पनि कार्यान्वयनका विषयमा हामी गम्भीर भएनौं भने समस्या आउँछ। परिणाम आउँदैन। त्यो कुरालाई मध्यनजर राखेर नै के–कस्ता सुधारका आवश्यक्ता छ ? त्यसलाई हामी महत्त्व दिन्छौं।’’

अर्थमन्त्री महतले बजेटलाई परिणाममुखी बनाउन पनि त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने स्मरण गराए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ