arrow

जग्गाको कित्ताकाट फुकुवा गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १५ सोमबार
prakashsharan-mahat-budget-20801.jpg

काठमाडौँ। सरकारले लामो समय देखि बन्द रहेको जग्गाको कित्ताकाट फुकुवा गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले जग्गाको कित्ताकाट फुकुवा गरिने बताएका हुन्। उनले केही समयदेखि रोक्का रहेको जग्गाको कित्ताकाट फुकुवा गरी घर जग्गा क्षेत्रको कारोबार बिस्तार हुने विश्वास लिएको बताए। उनले महानगर र उपमहानगरमा वैज्ञानिक मूल्याङ्कन प्रणाली लागू गरिने घोषणा गरेको हो।

उनले भौगोलिक सूचना प्रणालीमा आधारित वैज्ञानिक मूल्याङ्कन प्रणाली कार्यान्वयनमा ल्याइने बताए। उनले सरकारले चालु आर्थिक वर्षको बजेटमा महानगरपालिकामा अनुमति प्राप्त ब्रोकरमार्फत घरजग्गा किनबेच गराउने घोषणा गरेकोमा उक्त कार्यक्रम भने कार्यान्वयन गर्ने बताए। उनले सरकारले उत्पादन र रोजगार: समृद्धिको आधार को नारालाई आत्मसात् गरी औद्योगिकीकरणको गतिलाई तीव्रता दिने बताए। उनले औद्योगिक प्रवर्द्धन, पूर्वाधार एवं मानव संसाधन विकास र असल औद्योगिक सम्बन्ध कायम गरी उत्पादन र उत्पादकत्व वृद्धि गरिने बताए। उनले  उद्योग क्षेत्रमा स्वदेशी तथा विदेशी पुँजी र प्रविधि आकर्षण गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ