arrow

रचनात्मक प्रतिपक्षी भएकाले हामीले शंकाको लाभ दिने भनेका छौं – स्वर्णिम वाग्ले [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १५ सोमबार
swarnim-wagle-budget.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले बजेटलाई आय र व्ययको अनुमान भनी मूल्यांकन गरेका छन् । 

उनले यस वर्षको बजेटमा आयको अनुमान अविश्वसनीय र व्ययको अनुमान इच्छाप्रेरित भएको बताए । 

बजेट भाषणपछि सञ्चारकर्मीहरूसँग वाग्लेले भने, ‘बजेटमा पाँच–सातवटा कुराहरू सकारात्मक सदीक्षा राखेर शुरू गरिएको जस्तो देखिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी रचनात्मक प्रतिपक्षी भएकाले हामीले शंकाको लाभ दिने भनेका छौं ।’

 



नयाँ