arrow

विश्वकप छनोटको अभ्यास गर्न नेपाली टिम दक्षिण अफ्रिकामा, जान पाएनन् सन्दीप

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १७ बुधबार
nepal-cricket-2080-02-16.jpg

काठमाडौं । जिम्बावेमा हुने आईसीसी विश्वकप एक दिवसीय छनोट क्रिकेट प्रतियोगिताको अन्तिम तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका गएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोली मंगलबार राति दक्षिण अफ्रिका गएको जनाएको हो । 

नेपालले दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्याण्डसँग अभ्यास खेल खेल्ने छ । नेपाली टिम त्यताबाटै जिम्बावे जाने छ । 

जिम्बावेमा असार ३ गते अर्थात् जुन १८ तारिखमा आयोजना हुने  विश्वकप छनोट प्रतियोगितामा दश टोलीको सहभागीता रहेको छ । सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बावे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका छन् । 

समूह बी मा  श्रीलंका, आयरल्यान्ड, स्कटल्याण्ड, ओमान र यूएई रहेका छन् । 

समूह चरणमा प्रत्येक राष्ट्रले चार खेल खेल्नेछन् । आ–आफ्नो समूहका शीर्ष ३ टोलीहरु सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा एक समूहका टोलीले अर्को समूहका टोलीसँग प्रतिस्पर्धा गर्ने छन् । 

सुपर सिक्सको शीर्ष दुईमा रहने टोली अक्टोबरमा भारतमा आयोजना हुने विश्वकपमा छनोट हुनेछन् ।

विश्वकपमा १० राष्ट्र सहभागी हुनेछन् । विश्वकप सुपर लिगको शीर्ष ८ मा रही विश्वकप आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्यूजिल्यान्ड, बंगलादेश, इङ्गल्याण्ड, दक्षिण अफ्रिका र अफगानिस्तान सिधा विश्वकपका लागि छनोट भइसकेका छन् ।

 जान पाएनन् सन्दीप 
नेपाली टोलीका स्पिनर सन्दीप लामिछाने भने दक्षिण अफ्रिका गएका छैनन् ।

उनी विरुद्धको बलात्कार मुद्दाको फैसला नभएका कारण दक्षिण अफ्रिका जान नपाएका हुन्  ।  

नाबालिग बलात्कार आरोपमा उनको मुद्दा चलिरहेको छ । 

एक दिवसीय अन्तर्राष्ट्रियमा कम खेलमा सय विकेट पूरा गर्ने कीर्तिमान सन्दीपको नाममा छ । उनले ४२ खेलमा सय विकेट पूरा गरेका हुन् । 

तर नाबालिग बलात्कार आरोपमा मुछिएपछि उनले टिमलाई नै मुस्किलमा पार्ने देखिएको छ । 

गत भदौ ५ गते उनले एक नाबालिगमाथि कुकृत्य गरेको आरोप छ । जबकि ६ गते उनी अन्तर्राष्ट्रिय क्रिकेट खेल्न उनकै कप्तानीमा टिम बाहिर जाँदै थियो । 

भदौ २१ गते उनीविरुद्ध उजुरी परेको थियो । काठमाडौं जिल्ला अदालतले भदौ २३ गते पक्राउ पुर्जी जारी गरेको थियो । 

तर उनी भने असोज २१ गतेमात्र काठमाडौं आईपुगेका थिए । त्यसलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै उनी पक्राउ परेका थिए । 

कार्तिक १८ गते थुनामा राखेर उनको मुद्दा अगाडि बढाउन अदालतले आदेश दिएको थियो । 

तर पुस २८ गते उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाडेको थियो । 

त्यसपछि उनले राष्ट्रिय टिममा फर्केर विश्वकप लिग २ खेलेका थिए । त्यस्तै प्रिमियर कप जितेर टिमले एसिया कपमा छनोटसमेत भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ