- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । विभिन्न माग राखी नेपाल पारा ओलम्पिक कमिटीले युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई ज्ञापनपत्र बुझाएको छ ।
कमिटीले नेपालमा सरकारी क्षेत्रबाट अपांगता खेलकुदको विकास र विस्तारमा सहयोग पुग्नुको साटो खेल विकासमा गतिरोध पैदा गर्न पटक पटक प्रयास भइरहेको भन्दै सबैको लागि खेलकुद भन्ने नारा निरर्थक सावित भएको ठहर गरेको छ ।
कमिटीले विभिन्न नौ वटा माग राखेर मन्त्री लिम्बूलाई कागजात बुझाएको छ ।