काठमाडौं । लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको कुमारी बैंकको पौने १५ लाख बढी कित्ता शेयरमा खरिद आवेदन दिने शुक्रबार अन्तिम दिन रहेको छ।
बैंकले गत जेठ १२ गतेबाट बैंकको संस्थापक समूहको १४ लाख ८३ हजार ३७८ कित्ता सेयर बिक्रीमा राखेको हो। यो लिलामी सेयरमा आज दिउँसो १ बजेसम्म खरिद आवेदन दिन सकिनेछ। यो शेयरमा संस्थापक सेयरधनीलगातत अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठत संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् ।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा १ हजार गुणानमा वा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।